
Apr 09 2025 | २०८१, चैत २७ गते
काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । आइतबार दिउँसो पार्टी कार्यालय च्यासलमा बस्ने गरी बोलाइएको बैठकमा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको तयारीबारे छलफल हुने नेताहरुले बताएका छन् ।
महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा पेस गर्ने सांगठानिक र राजनीतिक प्रतिवदेनहरूको विषयमा बैठकमा छलफल गर्ने कार्यतालिका एमालेको छ ।
एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक बैशाख ८ देखि १० गतेसम्म गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा बस्दैछ । बैठकमा करिब २ हजार १५३ जना सहभागी हुने एमालेको भनाइ छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij