Logo

Jul 27 2025 | २०८२, साउन ११ गते

Jul 27 2025 | २०८२, साउन ११ गते

काठमाडौंबाट बेनी जाँदै गरेको बस हेम्जामा दुर्घटना

काठमाडौंबाट बेनी जाँदै गरेको बस हेम्जामा दुर्घटना

  • काठमाडौं । काठमाडौंबाट म्याग्दीको बेनीतर्फ जाँदै गरेको बस दुर्घटनामा परेको छ । बुधबार बिहान कास्कीको पोखरा महानगरपालिका- २५ हेमजा सुइखेतमा ग १ ख १६३० नम्बरकाे बस दुर्घटनामा परेको हो ।

    images
    images
    images

    चालकले नियन्त्रण गुमाइ सडकको बाँयातर्फ पल्टिँदा ८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय, कास्कीले जानकारी दिएको छ । घाइतेलाई उपचारका लागि गण्डकी मेडिकल कलेज ल्याइएको छ ।

    images

    सुरुमा ७ जनालाई उपचारका लागि ल्याइएको थियो । पछि थप एक जना घाइतेलाई ल्याइएको हो । घाइते सबैको अवस्था सामान्य रहेको छ ।

    बसचालक म्याग्दीको बेनी नगरपालिका-६ का ३२ वर्षीय राजकुमार गैरेलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ ।

     

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij