
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । पोखरा महानगरका सव-इन्जिनियर उषा किरण रोकाय र गोदार इन्जिनियरिङ कन्सल्टेन्सी सेवाका सुरज कुँवरलाई डेढ लाख घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।
अख्तियारले रोकाया र कुँवरले घर निर्माण सम्पन्न प्रमाणपत्र दिलाउन लिएको डेढ लाख घुससहित पोखरा-५ बाट बुधबार राति पक्राउ गरेको जनाएको छ ।
अख्तियारले दुवैलाई नियन्त्रणमा लिएर अहिले अनुसन्धान भइरहेको जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij