Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

अध्यक्ष ओली ओलाङचुङगोला जाँदै

अध्यक्ष ओली ओलाङचुङगोला जाँदै

  • काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज ताप्लेजुङको ओलाङचुङगोला जाँदैछन् । अध्यक्ष ओलीसँगै उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ र रक्षामन्त्री हरि उप्रेतीपनि ओलाङचुङगोला जान लागेका हुन् ।

    images
    images
    images

    अध्यक्ष ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत आफू त्यहाँ जान लागेको जानकारी गराएका छन् । उनले लेखेका छन्, ‘आज म ताप्लेजुङस्थित ओलाङचुङगोला जाँदैछु । ओलाङचुङगोला समुद्री सतहबाट ५२०० मिटर उचाइमा छ । यो तस्वीर ओलाङचुङगोला नजिकैको गोला गाउँको हो । ३२०० मिटर उचाइमा रहेको यो शेर्पा बस्तीभन्दा माथि मानव बसोवास छैन । यहाँ धुपीसल्ला, लालीगुराँस, चिमल, भोजपत्र, सुनपातीजस्ता वनस्पति र चित्तल, घोरल, कस्तुरी, हिम चितुवा लगायत जीवहरु छन् । त्यहाँबाट फर्केपछि म तपाईंहरुलाई आफ्नो अनुभूति पनि बताउने छु ।’

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij