
Jul 27 2025 | २०८२, साउन ११ गते
काठमाडौं । ललितपुर ठेचोबाट आठ जना जुवाडे पक्राउ परेका छन् । ललितपुर प्रहरीका अनुसार गोदावरी नगरपालिका–१२ ठेचो दुरिखेल बस्ने ३२ वर्षीय रमेश खत्रीको घरमा जुवातास खेलिरहेको अवस्थामा रमेश समेत ८ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी वृत चापागाउँ खटिएको प्रहरीले नगद ३२ हजार ५ सय ३५ रूपैयाँ र २ बुक ताससहित उनीहरूलाई पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij