Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

आज दिउँसो मुख्यमन्त्री कँडेलले सपथ लिने

आज दिउँसो मुख्यमन्त्री कँडेलले सपथ लिने

  • काठमाडौं । कर्णाली प्रदेशका नवनियूक्त मुख्यमन्त्री नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेलले पद तथा गोपनियताको शपथ आज लिने भएका छन् । कँडेललाई प्रदेश प्रमुख तिलक परियारले बुधबार दिउँसो ३ बजे पद तथा गोपनियताको शपथ गराउने छन् ।

    images
    images
    images

    कँडेल नेकपा माओवादी केन्द्र र एकिकृत समाजवादीको समर्थनमा मंगलबार मुख्यमन्त्रीमा नियूक्त भएका थिए । केन्द्रमा सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच भएको भागवण्डमा कर्णाली एमालेको भागमा परेपछि २१ फागुनमा मुख्यमन्त्री राजकुमार शर्माले राजिनामा दिएका थिए ।

    शर्माको राजिनामा पश्चात प्रदेश प्रमुख परियारले सात दिन भित्र बहुमत पु-याएर सरकार गठनका लागि दावी पेश गर्न दलहरुलाई समय दिएका थिए ।

    सोही बमोजिम एमालेका सभामुखसहित १०, माओवादीका १३ र एकिकृत समाजवादीका एक गरी २४ जना सांसदको समर्थनमा कँडेल मुख्यमन्त्रीमा नियूक्त भएका हुन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij