Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

राष्ट्रियसभा उपाध्यक्षका लागि आज मनोनयन दर्ता हुँदै

राष्ट्रियसभा उपाध्यक्षका लागि आज मनोनयन दर्ता हुँदै

  • काठमाडौं । आज राष्ट्रियसभा उपाध्यक्षका लागि मनोनयन दर्ता हुँदैछ । प्रतिनिधिसभा भवनको ल्होत्से हलमा साढे ११ बजेका लागि राष्ट्रिय सभा उपाध्यक्षको मनोनयन दर्ताको समय तोकिएको छ ।

    images
    images
    images

    नयाँ सत्ता समीकरणबनेसँगै राष्ट्रियसभाको अध्यक्षमा माओवादी केन्द्रका नारायणप्रसाद दाहाल निर्वाचित भएपछि माओवादीबाटै प्रतिनिधित्व गरेकी उपाध्यक्ष उर्मिला अर्यालले राजीनामा दिएकी थिइन् ।

    आज मनोनयन दर्तापछि भोलि पौने १ बजे बस्ने राष्ट्रियसभाको बैठकमा मत विभाजनसहित लिखित हस्ताक्षरबाट उपाध्यक्षको निर्वाचन हुनेछ ।

    राष्ट्रियसभाको उपाध्यक्षका लागि प्रतिपक्षी दल नेपाली कांग्रेसले विष्णुदेवी पुडासैनीलाई उमेदवार बनाउने निर्णय गरेको छ । त्यस्तै सत्ता गठबन्धनबाट भने राष्ट्रिय सभा उपाध्यक्ष एमालेले लिने भएको छ । एमालेले विमला घिमिरेलाई उम्मेदवार बनाउन सक्ने बताइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij