
Apr 17 2025 | २०८२, वैशाख ४ गते
काठमाडौं । नेपाली कांग्रेस गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्त विरुद्ध सर्वोच्च अदालत जाने भएको छ । आज बिहान पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले सर्वोच्च जाने निर्णय गरेको हो ।
गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले आइतबार गण्डकी प्रदेशको मुख्यमन्त्री नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका थिए ।
अधिकारीले माओवादी केन्द्रबाट सभामुख बनेका कृष्ण धिताललाई समेत जोडेर सरकार गठनका लागि बहुमत पुर्याएको र त्यो असंवैधानिक भएको भन्दै कांग्रेसले सर्वोच्च जाने निर्णय गरेको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij