Logo

Apr 11 2025 | २०८१, चैत २९ गते

Apr 11 2025 | २०८१, चैत २९ गते

लुम्बिनीका मुख्यमन्त्री महराले लिए शपथ

लुम्बिनीका मुख्यमन्त्री महराले लिए शपथ

  • काठमाडौं । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले पद तथा गोपनीयताको शपथ प्रदेश प्रमुख अमिक शेरचनले गराएका छन् ।

    images
    images
    images

    नेपाली कांग्रेसका डिल्लीबहादुर चौधरीले राजीनामा दिएपछि नेकपा (एमाले)सहितका दलको समर्थनमा माओवादी केन्द्र संसदीय दलका नेता महरा मुख्यमन्त्री नियुक्त भएका हुन् ।  माओवादी केन्द्रका महरा सत्ता साझेदार दलको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।

    आइतबार नै प्रदेश प्रमुखको कार्यालय बुटवलमा मुख्यमन्त्रीको शपथपछि तीन जना विना विभागीय मन्त्रीलाई शपथ गराएका छन् । एमालेबाट एक, माओवादी केन्द्रबाट एक र जनता समाजवादी पार्टी (जसपा) बाट एक जना मन्त्रीको शपथ लिएका हुन् ।

    एमालेबाट दलका उपनेता चेतनारायण आचार्य, माओवादीबाट दीपेन्द्र पुन र जसपाबाट भण्डारी लाल अहिर मन्त्री बनेका हुन् ।उनीहरुलाई जिम्मेवारी भने तोकिएको छैन ।

    मुख्यमन्त्रीले आजै देउखुरीस्थित कार्यालय पुगेर पदभार ग्रहण गर्नेछन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij