
Apr 09 2025 | २०८१, चैत २७ गते
काठमाडौं । आज आफ्नो निर्वाचन क्षेत्र गोरखा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जाँदैछन् । गोरखा दरबार भित्रको पृथ्वीनारायण शाहको गद्दी भएको ठाउँमा बहुचर्चित क्वार्ज क्रिष्टल प्रतिस्थापनाका लागि प्रधानमन्त्री प्रचण्ड गोरखा जान लागेका हुन् ।
गत असार १४ गते गोरखा नगरपालिका – ७ सतिपिपलका राममाया शाहीको घरबाट क्वार्ज क्रिष्टल बरामद गरी जिल्ला प्रहरी कार्यालय गोरखाको एउटा कोठामा राखिएको थियो ।
त्यही क्रिष्टललाई जिल्ला प्रहरी कार्यालयबाट बाजागाजासहित बजार परिक्रमा गराउँदै दरबार लैजाने कार्यक्रम राखिएको छ । प्रचण्ड मध्यान्ह १२ बजे गोरखा पुग्ने गोरखा नगरपालिकाले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij