Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

कुमारी बैंकको २३औँ वार्षिकोत्सवमा रक्तदान कार्यक्रम

कुमारी बैंकको २३औँ वार्षिकोत्सवमा रक्तदान कार्यक्रम

  • काठमाडौं । २३औँ वार्षिकोत्सव कुमारी बैंक लिमिटेडले विभिन्न कार्यक्रमहरू आयोजना गरी मनाएको छ । यस वार्षिकोत्सवको अवसरमा बैंकले सम्पूर्ण ग्राहक तथा शुभचिन्तकलाई कृतज्ञता ज्ञापन गर्दै आफ्नो सफलतामा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने सम्पूर्ण ग्राहकको सहयोग तथा विश्वासप्रति हार्दिक आभार व्यक्त गरेको छ ।

    images
    images
    images

    कुमारी बैंक देशकै अग्रणी बैंक बन्ने आफ्नो परिकल्पना तथा योजना अनुरूप उत्कृष्ट बैंकिङ्ग सेवा तथा वित्तीय सुविधाहरु प्रवाह गर्नका लागि हरदम प्रतिबद्ध रहेको विज्ञप्तिमा जनाइएको छ ।

    कुमारी बैंकले २३ औँ वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको थियो । रक्तदान कार्यक्रममा १४५ जना सहभागी भई रक्तदान गरेका थिए ।

    यसका साथै बैंकले परम्परा र सांस्कृतिक सम्पदाको महत्वलाई उजागर गर्न ‘परम्परागत भेषभुषा’  पहिरन गरी वार्षिक उत्सव सम्पन्न गरेको छ । विविध सांस्कृतिक परम्परालाई अँगाल्दै, बैंकले कार्यशक्तिमा समावेशिता र सम्मानलाई बढवा दिएको विज्ञप्तिमा उल्लेख छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij