Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

नेपाली कराते खेलाडी नगदसहित अमेरिकामा सम्मानित

नेपाली कराते खेलाडी नगदसहित अमेरिकामा सम्मानित

  • काठमाडौं । अमेरिकामा नेपाली कराते खेलाडी एरिका गुरुङ र राष्ट्रिय टिमका प्रशिक्षक कुशल श्रेष्ठ सम्मानित भएका छन् ।

    images
    images
    images

    १९ औँ एसियाली खेलकुदमा ऐतिहासिक रजत पदक जितेकी एरिका युएस ओपन च्याम्पियनसिपमा सहभागी हुन अमेरिका गएका गुरुङ र १० औँ साग गेमका गोल्डमेडलिस्ट समेत रहेका प्रशिक्षक श्रेष्ठलाई मोमो हाउस ह्युस्टनले १५ सय डलरसहित सम्मान गरेको हो । सम्मान कार्यक्रममा टेक्सासको ह्युस्टनमा बस्ने नेपालीको उपस्थिति थियो ।

    गत २८ मार्चदेखि अप्रिल १ सम्म अमेरिकाको टेक्ससमा भएको उक्त प्रतियोगितामा एरिकाले १८ देखि २० वर्ष उमेर समूह र ६८ केजी तौल समूहमा स्वर्ण पदक हात पारेकी थिइन् ।

    साथै सिनियर ६८ केजी तौलमा भने उनले रजत पदक प्राप्त गरेकी थिइन् । यो प्रतियोगिताले आगामी खेलकुदलाई थप सहयोग पुग्ने प्रशिक्षक श्रेष्ठले बताए ।

    ‘युएस ओपन च्याम्पियनसिपको सिनियरमा नेपालीले स्वर्ण जितेको पहिलो पटक हो । थप हौसला मिलेको छ । २० औँ एसियन गेममा खेल्न मद्दत पुग्छ’, प्रशिक्षक श्रेष्ठले भने ।

    जुलाईमा भुटानमा हुने ८ औँ साउथ एसियन कराते च्याम्पियनसिप प्रतियोगितालाई पनि सहयोग पुग्ने विश्वास प्रशिक्षक श्रेष्ठको छ । उनका अनुसार अमेरिका गएको कराते टोली ९ तारिखमा काठमाडौं फर्किनेछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij