Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

इलाम २ मा माओवादीले एमाले उम्मेदवार सुहाङलाई समर्थन गर्ने

इलाम २ मा माओवादीले एमाले उम्मेदवार सुहाङलाई समर्थन गर्ने

  • काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले इलाम–२ को आसन्न उपनिर्वाचनमा उम्मेदवार नउठाउने निर्णय गरेको छ । माओवादीले नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्बाङलाई समर्थन गर्ने निर्णय गरेको माओवादी केन्द्र कोशी प्रदेशका अध्यक्ष हर्क नेम्वाङले बताए ।

    images
    images
    images

    ‘एमालेको उम्मेदवारलाई सघाउनेबारे शीर्ष नेतृत्वको सहमति भएको जानकारी आएको छ ।  माओवादीले इलाम–२ को उपनिर्वाचनमा धिरेन्द्र शर्मालाई उम्मेदवार बनाउने तयारी गरेको थियो ।

    अन्ततः माओवादीले एमालेकै उम्मेदवारलाई सघाउने निर्णय गरेको हो । एमालेले स्वर्गीय सुवास नेम्वाङका कान्छा छोरा सु्हाङलाई इलाम–२ को उम्मेदवार बनाएको छ । इलाम–२ र बझाङ–१ (ख)मा आगामी वैखाश १५ गते उपनिर्वाचन हुँदैछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij