Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले माओवाली केन्द्रको संसदीय दलको बैठकको बोलाएका छन् ।
राजीनामा दिन चौतर्फी दबाब झेलिरहेका मुख्यमन्त्री एवं माओवादी केन्द्र संसदीय दलका नेता शर्माले बैठक बोलाएका हुन् ।राजीनामा दिने कि प्रदेश सभामा विश्वासको मत लिने प्रक्रिया अगाडि बढाउने भन्ने सन्दर्भमा निर्णय लिन शर्माले प्रदेशसभा चल्नु अघि संसदीय दलको बैठक बोलाएको माओवादीका एक नेताले जानकारी दिए ।
शर्माले विश्वासको मत लिएपछि सत्ता हस्तान्तरण गर्न तयार भए पनि एमालेले नमानेको कारण राजीनामा आउन सक्नेछ । यदी एमालेले विश्वासको मत दिएन भने संसदमा सबैभन्दा ठुलो दलको हैसियतले कांग्रेसले सरकार बनाउनेछ ।
त्यसपछि संवैधानिक संकट आउने भएका कारणले संम्भवत मुख्यमन्त्री शर्माले राजीनामा दिने सम्भावना रहेको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij