
Apr 09 2025 | २०८१, चैत २७ गते
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सन्देश लिएर कर्णाली गएका माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाही छलफलमा व्यस्त छन् ।
यसअघि केन्द्रीय सत्ता गठबन्धनभित्र कर्णाली प्रदेशको नेतृत्व सत्ता साझेदार दल नेकपा (एमाले) लाई दिने सहमति भएको थियो । अहिले त्यहाँ माओवादी केन्द्रकै राजकुमार शर्मा मुख्यमन्त्री छन् । यसपछि उनलाई राजीनामा गराएर एमाले संसदीय दलका नेता यामलाल कँडेललाई मुख्यमन्त्री बनाउने प्रधानमन्त्री प्रचण्डको सन्देश लिएर पूर्वमुख्यमन्त्रीसमेत रहेका शाही कर्णाली पुगेका हुन् ।
तर, मुख्यमन्त्री शर्माले भने केन्द्रीय सत्ता गठबन्धनको निर्णय नमान्ने अडान राखेका छन् । केन्द्रीय निर्णय र निर्देशनअनुसार राजीनामा बुझाउनुको साटो उनले विश्वासको मत लिने बताएका छन् ।
यसपछि मङ्गलबार दिउँसो सुर्खेत झरेका शाही सिधै मुख्यमन्त्री शर्माको निवास पुगेका छन् । अहिले उनले मुख्यमन्त्री शर्मासहित अन्य माओवादी केन्द्रका नेताहरूसँग छलफल गरिरहेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij