Jun 28 2026 | २०८३, असार १४ गते
काठमाडौं । विशेष अदालतले सेवाग्राहीहरुको सुविधालाई ध्यानमा राखेर अनलाइन प्रणालीबाट मुद्दाको सुनुवाइ गर्ने भएको छ । बिहीबार परीक्षणको रुपमा अदालतले अनलाइन प्रणालीमार्फत मुद्दाको सुनुवाइ गरेको थियो । नियमित सुनुवाइ भने आइतबारदेखि अगाडि बढ्नेछ ।
बिहीबार विशेष अदालतको १ नम्बर इजलासमा अनलाइन बहस सुरु हुँदा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको उपस्थिति रहेको थियो । सोही दिन सुरेन्द्रबहादुर सिंह विरुद्धको सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अधिवक्ता अपूर्व खतिवडाले अनलाइनबाटै बहस गरेका थिए भने त्यही मुद्दामा सरकारी वकिलको तर्फबाट उपन्यायाधिवक्ता गोपाल लामिछानेले विशेष सरकारी वकिलको कार्यालयबाट अनलाइन बहस गरेका हुन् ।
कानुन व्यवसायीले आफ्नै घर, कार्यालय वा ल फर्मबाटै बहस गर्न सक्छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij