Logo

Apr 06 2025 | २०८१, चैत २४ गते

Apr 06 2025 | २०८१, चैत २४ गते

दुर्गा प्रसाईंको हतियारबारे छानबिन गर्न समिति गठन

दुर्गा प्रसाईंको हतियारबारे छानबिन गर्न समिति गठन

  • काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई लिएको हतियार अनुमतिबारे छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ ।

    images
    images
    images

    सहसचिव राजेन्द्रदेव पाण्डेको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरिएको गृहमन्त्री रवि लामिछानेको सचिवालयले जनाएको छ । समितिको सदस्यमा उपसचिव ऋषि पौडेल र नेपाल प्रहरीका उपरीक्षक सन्तोष भट्टराई सदस्य छन् भने सदस्य सचिवमा गृहकै उपसचिव एकदेव अधिकारी छन् ।

    प्रसाईंका दुईजना बडिगार्ड चैत ५ गते सर्वोच्च अदालत परिसरबाट जर्मन स्पोर्ट गन ‘जिएसजी–५’ सहित पक्राउ परेका थिए ।त्यसबारे छानबिन गर्न सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र सुनीलकुमार पोखरेलले आदेश दिएका थिए ।

    साथै, गृह मन्त्रालयले ७७ जिल्ला प्रशासन कार्यालयलाई इजाजत दिएको हतियारको तथ्यांक पठाउन निर्देशन दिएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij