
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पुगेका छन् ।
सिंहदरबारमा बस्ने बैठकमा गृह मन्त्रालयसँग सम्बन्धित समसामयिक विषयमा छलफल गर्ने कार्यसूची छ ।मन्त्रालयको काम कारबाहीका विषयमा छलफल गर्न लामिछानेलाई बोलाएको समितिले जनाएको छ ।
बैठकमा गृहसचिव, नेपाल प्रहरीका महानिरीक्षक र केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुखलाई पनि बोलाइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij