Logo

Apr 09 2025 | २०८१, चैत २७ गते

Apr 09 2025 | २०८१, चैत २७ गते

एकीकृत समाजवादीले पनि उपनिर्वाचनमा छुट्टै उम्मेदवारी दिने

एकीकृत समाजवादीले पनि उपनिर्वाचनमा छुट्टै उम्मेदवारी दिने

  • काठमाडौं । आगामी बैशाख १५ गते इलाम र बझाङमा हुने उपनिर्वाचनमा नेकपा (एकीकृत समाजवादी)ले पनि आफै उम्मेदवार उठाउने भएको छ ।

    images
    images
    images

    एकीकृत समाजवादीले प्रतिनिधिसभातर्फ इलाम २ मा जीतबहादुर राई र प्रदेशसभा सदस्यतर्फ बझाङ (१)मा दिलबहादुर सिंहलाई उम्मेदवार बनाउने भएको हो ।

    सत्तागठबन्धन दलहरु समेत आआफ्नै उम्मेदवार लिएर चुनावी मैदानमा उत्रिएपछि एकीकृत समाजवादी पनि आफ्नै उम्मेदवार उठाउने निष्कर्षमा पुगेको हो ।

    एकीकृत समाजवादीले यसअघि नै सम्बन्धित पार्टी कमिटीलाई उम्मेदवारको नाम सिफारिस गर्न निर्देशन दिएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij