
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । दलित समुदायबाट पनि संघीय सरकारको मन्त्री बनाउनेनेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् ।
नेपाल उत्पीडित जातीय मुक्ति समाजले बिहीबार ललितपुरको च्यासलमा गरेको कार्यक्रममा बोल्दै उनले दलित समुदायबाट एक जना मन्त्री हुने बताए । सबै जाति, समुदाय एकैचोटी मन्त्री हुन सम्भव नभएको उनले बताए ।
नेपालमा एक सय २५ भन्दा बढी जातजाति भएकाले पनि सबैले एकै पटक मन्त्री बन्न अवसर आउन नसक्ने उनको भनाइ छ ।
‘कहिले कहिले मन्त्री किन भएन भन्ने हुन्छ । यस पटक पनि मन्त्री हुन्छ । एउटा ठाउँ छ त्यहाँनिर यस पटक पनि मन्त्री हुन्छ । पहिले-पहिले पनि मन्त्री हुन्थे । तर सबै जाति, समूदायबाट सबै सधैं नपर्न पनि सक्छन्,’ उनले भने ।
अध्यक्ष ओलीले सामाजिक न्यायको पक्षमा आफ्नो पार्टीले सदैव संघर्ष गर्दै आएको बताए।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij