Logo

Apr 11 2025 | २०८१, चैत २९ गते

Apr 11 2025 | २०८१, चैत २९ गते

केन्द्रीय सदस्य शर्माले छाडे माओवादी

केन्द्रीय सदस्य शर्माले छाडे माओवादी

  • काठमाडौं । नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य रामकुमार शर्माले पार्टी छाडेका छन् । संविधानसभा सदस्य समेत रहेका शर्माले माओवादी नेताहरू भ्रष्टाचारमा लिप्त हुँदा आत्मग्लानि भएको भन्दै बिहीबार पार्टी त्यागेको घोषणा गरेका हुन् ।

    images
    images
    images

    भ्रष्टाचारमा संलग्न भएर १७ हजारको ज्यान लिएको माओवादी सशस्त्र द्वन्द्वलाई कलंकित गर्ने काम भएकाले आफूले माओवादी छाडेको शर्माले सामाजिक सञ्जाल फेसबूकमा उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘माओवादी पार्टीमा संलग्न हुँदा मैले देखेको सपना र अहिले माओवादी पार्टीका प्रमुख नेतृत्व र सरकारबाट भइरहेको कामको समीक्षा गर्दा आकाश पातलको फरक पाएको अनुभूति हुन्छ ।’

    द्वन्द्वकालमा आफैंले उठाएका मुद्दाबाट माओवादी च्युत हुँदै गएको र माओवादी पार्टी, पार्टी नभएर गुटैगुटको महासंघमा रूपान्तरण भएकाले पार्टी छाड्नुपरेको शर्माको निष्कर्ष छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij