
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमाललाई ह्वाट्सएपमा कल गर्दै एक जनाले ज्यान मार्ने धम्की दिएका छन् ।
ज्यान मार्ने धम्कीपछि नगर प्रमुख हमालले जिल्ला प्रशासनमार्फत सुरक्षा व्यवस्था गर्न निवेदन दिएका छन् ।
जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले नगर प्रमुखले निवेदन पेस गरेको बताए । नगर प्रमुखलाई दिएको धम्कीको विषयमा निवेदन प्रहरीमा आइपुगेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख पदमबहादुर विष्टले बताए ।
‘धम्की दिने व्यक्ति यही मटियारको रहेछ, हामीले उनीसँग फोन सम्पर्क गरेका छौँ’, प्रमुख विष्टले भने, ‘उसले मेयर सापलाई खबरदार भन्ने लेखेको रहेछ ।’
धम्की दिनुको कारण भने खुलेको छैन् । धम्की दिने व्यक्तिलाई नियन्त्रणमा लिन प्रहरी एक्सनमै रहेको बताइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij