
Apr 23 2025 | २०८२, वैशाख १० गते
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेर बदनाम गराउन खोजेको आरोप लगाएका छन् ।
सहकारीसँग आज प्रेस चौतारी कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले कुनै सम्बन्ध नै नभएका लामिछानेलाई जबरर्जस्ती बदनाम गराउन खोजिएको दाबी गरे ।
लामिछानेको सहकारीसँग कुनै सम्बन्ध नभएको भन्दै उनले छानबिनमा कुनै प्रभाव नपर्ने जिकिर गरे । उनले सहकारीपीडितले चाँडै न्याय पाउनेसमेत उल्लेख गरे । ‘कुनै मन्त्री वा सांसदविरुद्ध उजुरी पर्दैमा पद नरहने भए मन्त्री र सांसद सबै खाली हुने अवस्था हुने थियो,’ उनले भने ।
उनले प्रदेश सरकारको भागबण्डा र कम्युनिष्ट पार्टीबीचको एकीकरणबारे अनुमानका भरमा प्रतिक्रिया दिन नहुने टिप्पणी गरे । सोमबार एमाले डडेल्धुराको नवौँ अधिवेशन उद्घाटन गरेर धनगढी आइपुगेका ओली आज काठमाडौँ फर्किएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij