Logo

Apr 07 2025 | २०८१, चैत २५ गते

Apr 07 2025 | २०८१, चैत २५ गते

सवारी दुर्घटनामा लोसपा नेता साहको मृत्यु

सवारी दुर्घटनामा लोसपा नेता साहको मृत्यु

  • काठमाडौं । धनुषामा सवारी दुर्घटनामा परेर एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाकाअनुसार मृत्यु हुनेमा लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा)का भंगहा-५ का अध्यक्ष तथा निर्माण व्यवसायी ३५ वर्षीय कैलाश साह छन् । 

    images
    images
    images

    साह ढल्केवरबाट जनकपुरतर्फ आउने क्रममा मिथिला नगरपालिका ६ स्थित बसही खोलाको पुलमा दुर्घटनामा परेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवालेले जानकारी दिए ।

    उनी सवार मधेश प्रदेश ०२-००७ प ४२६४ नम्बरको मोटरसाइकलमा सोमबार राति जनकपुर-ढल्केवर सडकखण्ड अन्तर्गत मिथिला नगरपालिका ६ स्थित बसही खोलाको पुलमा दुर्घटना भएको हो ।

    उपचारको क्रममा मंगलबार बिहान ३ बजे साहको प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको डीएसपी अवालेले जानकारी दिए ।

    मोटरसाइकमा सवार अर्का एक व्यक्ति भने मोटरसाइकलसहित फरार भएका छन् । फरार व्यक्तिको खोजी र घटना विषयमा थप अनुसन्धान भईरहेको प्रहरी जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij