Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

उपाध्यक्ष महरा पक्राउबारे माओवादी केन्द्रको बैठकमा छलफल

उपाध्यक्ष महरा पक्राउबारे माओवादी केन्द्रको बैठकमा छलफल

  • काठमाडौं । आज बिहान बालुवाटारमा बसेको नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकमा उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउको विषयमा व्यापक छलफल भएको उपाध्यक्ष एवम् प्रवक्ता अग्नी सापकोटाले जानकारी दिए ।

    images
    images
    images

    प्रहरीले महरालाई पक्राउ गरेपछि जिम्मेवारी मुक्त गर्नु हुन्छ हुँदैन भन्ने पत्रकारको प्रश्नमा उनले स्पष्ट जवाफ दिएनन् । सापकोटाले भने,‘हरेक पाटा पक्षमा हामीले गम्भीरतापूर्वक छलफल गर्‍यौं । विभिन्न कोणबाट छलफल जारी छ, छिट्टै निष्कर्षमा जान्छौं, निष्कर्षमा पुगेपछि हामी जानकारी गराउने छौं ।’

    चिनियाँ सुन तस्करसँग महराका बाबुछोराले २ सय ५६ पटक फोन सम्पर्क गरेको अनुसन्धानमा पाइएको थियो । सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगले मुद्दा चलाउन सिफारिस गरेपछि महरा असुरक्षित महसुस गरिरहेका थिए ।

    जुनसुकै बेला पक्राउ पर्ने सुईको पाएपछि उनी भाग्ने क्रममा कपिलवस्तुबाट पक्राउ परेका हुन् । सुन तस्करीमा महराको संलग्नताको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको थियो । चोरी पैठारी तथा संगठित अपराधमा अनुसन्धान गर्दा महराको संलग्नता पाइएको थियो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij