
Apr 17 2025 | २०८२, वैशाख ४ गते
काठमाडौं । उपमहासचिव मातृका यादवलाई नेकपा (माओवादी केन्द्र) ले सम्पर्क समन्वय प्रदेश इन्चार्जको जिम्मेवारी दिएको छ ।
महासचिव देवप्रसाद गुरुङले यादवलाई सम्पर्क समन्वय प्रदेश इन्चार्जको जिम्मेवारी तोकिएको जानकारी मातहतका कमिटीलाई गराएका हुन् । भारत प्रवासको जिम्मेवारी दिने पार्टीको प्रस्ताव यादवले यसअघि अस्वीकार गरेका थिए ।
यस्तै माओवादीले नेपाल समाजवादी पार्टीबीच एकता गर्ने सहमति भएको बारे मातहतका कमिटीलाई जानकारी गराएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij