
Apr 14 2025 | २०८२, वैशाख १ गते
काठमाडौं । जिल्ला अदालत काठमाडौंले थापाथलीस्थित प्रसूति तथा स्त्रिरोग अस्पतालबाट बच्चा चोरीको आरोपमा पक्राउ परेकी मनकुमारी सिंहलाई धरौटीमा छोड्न आदेश दिएको छ ।
दैलेखको नौमुले घर भएकी सिंहलाई जिल्ला अदालत काठमाडौँका न्यायाधीश माधवप्रसाद अधिकारीको इजालसले १ लाख ५० हजार धरौटीमा छोड्न आदेश दिएको हो ।
गत फागुन ११ गते प्रसुति गृहबाट २६ दिने बालिका चोरी गरेको आरोपमा पक्राउ परेकी सिंहलाई जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले अपहरण तथा शरीर बन्धक कसुरको अभियोगपत्र दायर गरेको थियो ।
सिंहले काभ्रेको चौरीदेउराली गाउँपालिका३ घर भएर कपन बस्ने सबिना श्रेष्ठको २६ दिने बच्च चोरेकी थिइन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij