Logo

Apr 11 2025 | २०८१, चैत २९ गते

Apr 11 2025 | २०८१, चैत २९ गते

कोशीका मुख्यमन्त्री कार्कीलाई राजीनामा दिन एमालेको दबाब

कोशीका मुख्यमन्त्री कार्कीलाई राजीनामा दिन एमालेको दबाब

  • काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई सत्तारुढ दल नेकपा एमालेले राजीनामा दिन दबाब दिएको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवती रमण भण्डारीले कार्कीलाई पदबाट राजीनामा दिन दबाब दिएका हुन् ।

    images
    images
    images

    राजीनामा नदिए संविधान र कानुनका आधारमा अघि बढ्ने भण्डारीले बताए । ‘अल्पमतमा पर्नुभयो जबर्जस्ती नगर्नुस् राजीनामा दिनुस्,’ भण्डारीले कार्कीलाई भने, ‘मान्नुभएन भने संविधान र कानुनका आधारमा स्टेप चाल्छौं ।’

    सत्तापक्ष अल्पमतमा भएकोले मुख्यमन्त्रीले राजीनामा दिनुको विकल्प नभएको भण्डारीले जिकिर गरे । कोशीमा कांग्रेस नेतृत्वको सरकारमा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij