Logo

Apr 09 2025 | २०८१, चैत २७ गते

Apr 09 2025 | २०८१, चैत २७ गते

प्रधानमन्त्री दाहालले तेस्रो पटक पाए विश्वासको मत

प्रधानमन्त्री दाहालले तेस्रो पटक पाए विश्वासको मत

  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत पाएका छन् । प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने प्रयोजनसहित बुधबार बसेको प्रतिनिधिसभा बैठकमा ‘विश्वासको मत पाउँ’ भन्ने प्रस्ताव पेश गरेका थिए ।

    images
    images
    images

    उक्त प्रस्तावको पक्षमा १५७ जना सांसदहरूले समर्थन जनाएसँगै उनले विश्वासको मत पाएका हुन् । प्रस्तावको विपक्षमा ११० जना सांसदहरू उभिए । यस्तै १ सांसद तटस्थ रहे । आजको बैठकमा २६८ जना सांसदहरूको उपस्थिति रहेको थियो ।

    प्रधानमन्त्री प्रचण्डले पाएको यो तेस्रो विश्वासको मत हो । यसअघि उनले २०७९ पुस २६ गते पहिलोपटक र २०७९ चैत ६ गते दोस्रोपटक विश्वासको मत लिएका थिए ।

    २०७९ पुस १० गते एमालेकै प्रमुख समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डले दुई महिना पुग्दानपुग्दै सत्ता गठबन्धन कांग्रेसमा सारेका थिए । अहिले पुन: सत्ता गठबन्धन एमालेको नेतृत्वमा बनेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij