
Apr 17 2025 | २०८२, वैशाख ४ गते
काठमाडौं । राष्ट्रियसभा अध्यक्षमा माओवादी केन्द्रका नारायण दाहाल निर्वाचित भएका छन् । दाहालको पक्षमा ३९ मत परेको छ। यसैगरी नेपाली कांग्रेसका उम्मेदवार युवराज शर्माले १७ मत पाए ।
मतदानमा ५६ जना सांसद उपस्थित थिए । यो संख्या राष्ट्रिय सभामा तत्काल कायम रहेको संख्याको बहुमत रहेको उल्लेख गर्दै सभाध्यक्ष उर्मिला अर्यालले दाहाल राष्ट्रिय सभाको अध्यक्षमा निर्वाचित भएको घोषणा गरिन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij