Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

यती एयरलाइन्समा क्यान्सरका बिरामीलाई निःशुल्क हवाई टिकट

यती एयरलाइन्समा क्यान्सरका बिरामीलाई निःशुल्क हवाई टिकट

  • काठमाडौं । उपचारका निम्ति विराट मेडिकल कलेज टिचिङ हस्पिटल (विराट क्यान्सर इन्स्टिच्युट)मा जाने क्यान्सरका बिरामीलाई यती एयरलाइन्सले निःशुल्क हवाई टिकट प्रदान गर्ने भएको छ । 

    images
    images
    images

    नेपालभरका क्यान्सरका बिरामीलाई हवाई टिकट निःशुल्क उपलब्ध गराउने गरी यती एयरलाइन्स र विराट क्यान्सर इन्स्टिच्युटबीच सम्झौता भएको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत क्यान्सरका बिरामीलाई सहयोग गर्ने उद्देश्यले सुविधा ल्याइएको यतीका चिफ बिजनेस अफिसर युवराज विष्टले जानकारी दिए ।

    निःशुल्क टिकट लिन बिरामीले आवश्यक कागजातसहित विराट क्यान्सर इन्स्टिच्युटमा सम्पर्क गर्नुपर्छ । कागजातका आधारमा क्यान्सरको बिरामी भएको प्रमाणपत्र/परिचयपत्र उपलब्ध गराइने र उपचारका निम्ति आउनुअघि टिकट बुक गर्न मिल्ने व्यवस्था मिलाइएको सो इन्स्टिच्युटका उपाध्यक्ष डा.निकिता कार्कीले जानकारी दिइन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij