
Apr 24 2025 | २०८२, वैशाख ११ गते
काठमाडौं । आजका लागि विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको छ । आज अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ १६ पैसा र बिक्रीदर १३२ रूपैयाँ ७६ पैसा कायम गरिएको छ ।
सोमबार एक युरोको खरिददर १४४ रूपैयाँ ५७ पैसा र बिक्रीदर १४५ रूपैयाँ २३ पैसा तोकिएको छ । त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ ५० पैसाले बढेर एकको खरिददर १६९ रूपैयाँ ९४ पैसा र बिक्रीदर १७० रूपैयाँ ७२ पैसा कायम गरिएको छ ।
यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८७ रूपैयाँ ६० र बिक्रीदर ८७ रूपैयाँ ९९ पैसा र क्यानेडियन डलर एकको खरिददर भने ९८ रूपैयाँ ०४ पैसा र बिक्रीमा ९८ रूपैयाँ ४९ पैसा कायम गरिएको छ ।
उता, जापानी येन १० को खरिददर ८ रूपैयाँ ९९ पैसा कायम हुदाँ बिक्री दर भने ९ रूपैयाँ ०३ पैसा रहेको छ ।
सोमबार कतारी रियाल एकको खरिदमूल्य ३६ रूपैयाँ ३० पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ४६ पैसा रहेकोे छ । मलेसियन रिंगिट एकको खरिददर सोमबार २८ रूपैयाँ २१ पैसा र बिक्रीदर २८ रूपैयाँ ३४ पैसा कायम गरेको छ ।
साथै, कुवेती दिनार एकको खरिददर ४३० रूपैयाँ ७७ पैसा र बिक्रीदर ४३२ रूपैयाँ ७२ पैसा र बहराइन दिनार एकको खरिददर ३५० रूपैयाँ ५६ पैसा र बिक्रीदर ३५२ रूपैयाँ १५ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij