
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । दोलखाको तामाकोशी गाउँपालिकाका पूर्वउपाध्यक्ष उर्मिला खड्का र प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्रसहित १२ जना विरुद्ध विशेष अदालतमा आरोपपत्र दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गाउँपालिकाका तत्कालीन लेखा अधिकृत विजय लुइँटेल, तत्कालीन इन्जिनियर सुबोधकुमार चापागाईँसहित १२ जना विरुद्ध भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको हो ।
गाउँपालिका वडा नम्बर तीन जफे जामुनेमा सभाहल तथा शौचालय निर्माण गर्न बनेको उपभोक्ता समिति, अनुगमन समिति, वडा अध्यक्ष र प्राविधिकसहितको मिलेमतोमा नक्सा अनुसारको काम नहुँदा पनि गैरकानूनी तवरबाट बजेट निकासा भएको, भवनको लम्बाई लामो छोटो भएको, पिलर तथा टाई बिमको साइज घटी बढी रहेको र भवन निर्माण स्थलमा रहेको पुरानो भवनको सामग्रीमा वडाध्यक्षले बेचेर आफै खर्च गरेको भेटिएको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij