
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । अदालतले अध्यागमन अधिकृत विमल पौडेलसँग १ लाख धरौटी लिन आदेश गरेको छ । जिल्ला सरकारी वकिल कार्यालयले नक्कली कागजात बनाएर सेटिङमार्फत भिजिट भिसामा विदेश पठाएको आरोपमा पौडेलविरुद्ध मुद्दा दायर गरेको थियो ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश डा.राजेन्द्रकुमार आचार्यले पौडेललाई १ लाख धरौटीमा रिहा गर्न आदेश गरेका हुन् । अदालतले तोकेको धरौटी बुझाएर उनी गृह मन्त्रालयमा हाजिर भैसकेका छन् । गृह मन्त्रालयका एक जना उच्च अधिकृतका अनुसार पौडेललाई ठोस जिम्मेवारी तोकिएको छैन, हाजिर मात्रै भएका हुन् ।
त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा रहँदा पौडेलले भिजिट भिसामा विदेश पठाउने गिरोहसँग मिलेर आर्थिक लेनदेन गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । पौडेलसहित ७ जना अधिकृतलाई जिल्ला सरकारी वकिल कार्यालयले प्रतिवादी बनाएर मुद्दा लगेको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij