
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडौं । पार्टी अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा जनता समाजवादी पार्टी (जसपा) सरकारमा जाने भएको छ ।
पार्टीभित्र आन्तरिक छलफल भएपछि यादव उपप्रधान तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेर सरकारमा सहभागी हुने निर्णय भएको एक नेताले जानकारी दिए ।
सरकारमा जसपाले दुईवटा मन्त्रालय पाएको छ । जसपाले लिने अर्को एक मन्त्रालय र मन्त्रीबारे भने टुंगो लागिसकेको छैन ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij