Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

एमाले प्रमुख सचेतकमा बर्तौलाको बढुवा, सचेतकमा बराल नियुक्त

एमाले प्रमुख सचेतकमा बर्तौलाको बढुवा, सचेतकमा बराल नियुक्त

  • काठमाडौं । नेकपा (एमाले)को प्रमुख सचेतकमा महेश वर्तौला र सचेतकमा सुनिता बराल नियुक्त भएका छन् ।

    images
    images
    images

    नेकपा(एमाले)ले संसदीय दलको प्रमुख सचेतक रहेका पदम गिरी सरकारमा सहभागी भएपछि सो पदमा वर्तौलालाई नियुक्त गरेको छ । यसअघि सचेतक रहेका उनलाई प्रमुख सचेतक बनाइएको हो ।

    एमालेको संसदीय दलको नेता रहेका अध्यक्ष केपी शर्मा ओलीले वर्तौलालाई प्रमुख सचेतकमा नियुक्त गर्दै उनको स्थान सचेतकमा सुनिता बराललाई नियुक्त गरेका छन् ।

    वर्तौला मकवानपुर २ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् भने बराल समानुपातिकतर्फकी सांसद हुन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij