Logo

Apr 07 2025 | २०८१, चैत २५ गते

Apr 07 2025 | २०८१, चैत २५ गते

बालुवाटारबाट ओलीले गरे माधव नेपाललाई टेलिफोन

बालुवाटारबाट ओलीले गरे माधव नेपाललाई टेलिफोन

  • काठमाडौं । लामो समयपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच फोन संवाद भएको छ । सोमबार साँझ बालुवाटारबाट ओलीले नेपाललाई फोन गरेका हुन् ।‍

    images
    images
    images

    ओली र नेपालको फोन संवाद हुँदा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायत माओवादी र एमालेका नेताहरू पनि सँगै थिए ।

    कांग्रेससँग सत्ता गठबन्धन तोडेर एमालेसँग मिलेर सरकार बनाएका प्रधानमन्त्री प्रचण्डले समाजवादीलाई पनि सरकारमा समेटेर लैजानुपर्ने प्रस्ताव गरेका थिए । लामो छलफलपछि समाजवादीलाई सरकारमा समेट्‌ने प्रचण्डको प्रस्तावमा सहमति जनाएका ओलीले नेता नेपाललाई आश्वस्त पार्न फोन गरेका थिए ।

    ओली र नेपालको फोन संवाद हुँदा सँगै रहेका एक नेताका अनुसार सुरूमा ओलीले नेपालले स्वास्थ्यलाभको कामना गरेका थिए । आफू आउन नभ्याएकाले प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री नारायणकाजी आउन लागेको ओलीले नेपाललाई जानकारी दिएका थिए । आफ्नो कुरा प्रधानमन्त्री प्रचण्डलाई भनेर पठाएको ओलीले नेपाललाई भनेको ति नेताले बताए । ओलीले प्रधानमन्त्री प्रचण्डले गर्ने कुरामा आफ्नो पनि सहमति रहेको नेपाललाई भनेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij