
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । चकलेट दिएर नाबालिगलाई बलात्कार गरेको आरोपमाएक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ पर्नेमा दैलेख घर भई गोकर्णेश्वरमा डेरा गरी बस्दै आएका २३ वर्षीय आर्यन भन्ने राजन सुनारका छन ।
पीडित नाबालिगले पिसाब फेर्न गाह्रो भएको कुरा आमालाई बताएपछि घटना बाहिर आएको हो । पुस १२ गते काठमाडौंको गोकर्णेश्वर नगरपालिका-९ शिवपुरी चोकमा कोही नभएको मौका छोपी युवकले चकलेट दिएर फकाई शौचालयमा लगेर करणी गरेको पीडित नाबालिगले प्रहरीमा भनेकी छन् ।
पीडितको स्वास्थ्य जाँच परीक्षणमा पनि संवेदनशील अंगमा घाउ देखिएको छ । जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले घटनाबारे अनुसन्धान गरेर जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरिसकेको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij