Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

नापीका सर्वेक्षक चौलागाईं र पोखरेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर

नापीका सर्वेक्षक चौलागाईं र पोखरेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर

  • काठमाडौं । काठमाडौंको कलंकीस्थित नापी कार्यालयमा कार्यरत सर्वेक्षक लक्ष्मीप्रसाद चौलागाईं र राजधानी लेखापढी सेवाका लेखापढी काम गर्ने नेत्रबहादुर पोखरेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।

    images
    images
    images

    जग्गा हालसाबिक एवं कित्ताकाट गरी पुर्जा उपलब्ध गराइदिने प्रयोजनार्थ सेवाग्राहीसँग १ लाख रुपैयाँ घुस लिएको अवस्थामा उनीहरूलाई अख्तियारले रंगेहात पक्राउ गरेको थियो ।

    उक्त रकममध्ये सर्वेक्षक लक्ष्मीप्रसाद चौलागाईंले जग्गा हालसाबिकको काम गरेबापत ५० हजार रुपैयाँ घुस लिएको देखिएकाले चौलागाईंविरुद्ध पनि मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij