Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

विष्णु पौडेललाई केपी ओलीको माला

विष्णु पौडेललाई केपी ओलीको माला

  • काठमाडौं । अध्यक्ष केपी शर्मा ओलीका लागि तयार पारेको दुई सय किलोको माला, जनकपुरमा नेकपा एमाले कार्यकर्ताले  उपाध्यक्ष विष्णु पौडेललाई लगाइदिएका छन् ।

    onlinepatrika
    Arghakhachi

    अध्यक्ष ओली नआएपछि उनका लागि बनाइएको मालाले उपाध्यक्ष पौडेललाई स्वागत गरिएको हो । पौडेलको स्वागतका लागि जनकपुर विमानस्थलमा बाक्लो संख्यामा एमाले कार्यकर्ताको उपस्थिति थियो ।

    AGNI GROUP

    धनुषाको क्षिरेश्वरनाथ नगरपालिकास्थित महेन्द्रनगरमा प्रथम मदन भण्डारी कप राष्ट्रिय महिला हक्की प्रतियोगिताको समापन समारोहमा प्रमुख अतिथिको रुपमा अध्यक्ष ओलीलाई बोलाइए पनि अन्तिम समयमा उनी आउने कार्यक्रम स्थगित भइको थियो ।

    ओलीको स्वागतका लागि मालासहित पुगेको जनकपुरधाम उपमहानगरपालिका कमिटीले विमानस्थलमा मात्रै ओली नआउने थाहा पाएको थियो । ओली नआएपछि तयार पारेको माला उपाध्यक्ष पौडेललाई लगाएर स्वागत गरेको एमाले नेताहरुले बताएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट