Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

सोलुखुम्बु जिल्लामा जसपाको समिति पुनर्गठन

सोलुखुम्बु जिल्लामा जसपाको समिति पुनर्गठन

  • काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको सोलुखुम्बु जिल्ला समिति पुनर्गठन भएको छ । फुरी ग्याल्जेन शेर्पाको अध्यक्षतामा शनिबार सल्लेरीमा आयोजित भेलाबाट २१ सदस्यीय समिति पुनर्गठन भएको हो ।

    images
    images
    images

    समितिको उपाध्यक्षमा भैराज मगर, सुरतबहादुर बस्नेत सचिव हेमन्त किराती उपसचिव योगेश बराईली, युद्ध मगर र कोषाध्यक्षमा प्रेम नेम्बाङ चयन भएका छन् ।

    भेलाबाट १३ सदस्यीय जिल्ला कार्यकारिणी समिति चयन भएको छ । सोही भेलाबाट किमा शेर्पाको अध्यक्षतामा १३ सदस्यीय सोलुदुधकुण्ड नगर समिति र वसन्त पाख्रिनको संयोजकत्वमा माप्या दुधकोशी गाउँ समिति समेत पुनर्गठन गरिएको बताइएको छ ।

    कार्यक्रममा पार्टीका राजनीतिक समिति सदस्य एवम् सङ्गठन विभाग सचिव लाक्पा शेर्पा, कोसी प्रदेश समिति सदस्य भक्तबहादुर राई, शेर्पालुङ समितिका मुख्य सचिव महेश राना मगरलगायतका नेताहरू उपस्थित रहेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij