
Apr 07 2025 | २०८१, चैत २५ गते
काठमाडौं । दुधौली नगरपालिका-१४ को धनसारमा खेत खन्ने क्रममा कोदालोले हानेर श्रीमानले श्रीमतीको हत्या गरेका छन ।
बुधबार विहान घरबाट करिब एक किलोमिटर नजिक रहेको खेत खन्ने क्रममा श्रीमानले ३५ वर्षिय श्रीमति चेतकुमारी वि.कलाई कोदालोले टाउकोमा हानेर हत्या गरेका हुन ।
श्रीमतिको हत्या गरेको आरोपमा श्रीमान ३५ वर्षिय वुद्ध बहादुर वि.क घटनास्थलबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी चिरञ्जीवी दाहालले बताए ।
उनका अनुसार कोदालो प्रहारबाट चेतकुमारीको घटनास्थलमा नै मृत्यु भएको थियो । मृतकको शव पोष्टमार्टमका लागि कटारी अस्पताल उदयपुर पठाईएको डिएसपी दाहालले बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij