
Apr 17 2025 | २०८२, वैशाख ४ गते
काठमाडौं । नयाँ बानेश्वरस्थित संसद् भवनभित्रै प्रवेश गरेका लघुवित्त ऋणीहरूलाई प्रहरीले हाजिरी जमानीमा छाडेको छ ।नाराबाजी गर्दै संसद् भवनभित्रै प्रवेश गरेका एक जना पुरूष र ४८ जना महिलालाई जमानीमा छाडेको काठमाडौं प्रहरी प्रवक्ता नवराज अधिकारीले जानकारी दिए ।
यसअघि काठमाडौं जिल्ला प्रशासन कार्यालयले ७ दिन हिरासतमा राख्न अनुमति दिएको थियो ।
गत सोमबार लघुवित्त ऋणीहरू नाराबाजी गर्दै संसद् भवनभित्रै प्रवेश गरेका थिए । घटनाको छानबिन गर्न प्रहरी प्रधान कार्यालयले एसएसपी दिनेशराज मैनालीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समितिसमते गठन गरिएको थियो ।
साथै, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लघुवित्त पीडितहरूलाई मुद्दा चलाउनु बेठिक हुने भन्दै उनीहरूलाई बिना शर्त रिहा गर्न गृहमन्त्रीलाई आग्रह गरेको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij