Logo

Apr 15 2025 | २०८२, वैशाख २ गते

Apr 15 2025 | २०८२, वैशाख २ गते

लोसपाले बोलायो केन्द्रीय समिति बैठक

लोसपाले बोलायो केन्द्रीय समिति बैठक

  • काठमाडौं । वरिष्ठ नेता राजेन्द्र महतोले अलग गतिविधि गर्न थालेपछि लोकतान्त्रिक समाजवादी पार्टी नेपालले केन्द्रीय समिति बैठक डाकेको छ । जसअनुसार लोसपा नेपालले महोत्तरीको बर्दिबासमा फागुन २७-२९ गतेका लागि केन्द्रीय समिति बैठक डाकेको हो ।

    images
    images
    images

    लोसपाबाट वरिष्ठ नेता महतोलगायतका नेताहरू अलग भएपछिको स्थिति टुंगो लगाउनेबारे सो बैठकमा छलफल हुनेछ । महतोले राष्ट्रिय मुक्ति आन्दोलनको नाममा अलग प्रशिक्षण र माइतिघर बानेश्वर क्षेत्र निषेधित क्षेत्र तोड्ने कार्यक्रम सुरु गरेपछि अध्यक्ष महन्थ ठाकुरले पार्टीको केन्द्रीय समिति बैठक बोलाएका हुन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij