Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

धनसम्पत्तिमा नजर छैन: निशा अधिकारी

धनसम्पत्तिमा नजर छैन: निशा अधिकारी

  • काठमाडौं । अभिनेत्री निशा अधिकारीले एक अर्काको धनसम्पत्तिमा नजर नरहेको बताएकी छन् । पति शरद भेषावकरसँग अंशबन्डा भएपछि विभिन्न टिकाटिप्पणी भइरहेका बेला अधिकारीले सामाजिक सञ्जालमार्फत् यस्तो बताएकी हुन् ।

    छोरा र छोरीलाई बराबर अंश दिने प्रावधान रहेको उल्लेख गर्दै उनले को बाट धेरै पाउँछ भन्ने कुरा नितान्त व्यक्तिगत भएको बताइन् । उनले ‘आफ्नो एक मात्र सन्तानको आर्थिक पाटो सुल्झाउन पाएकोमा ढुक्कसँग मर्न पाउने मात्र होइन, यो कुराले आफूलाई गर्व’समेत हुने बताएकी छन् ।

    यसअघि जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालले इजलासले शरदको एक तिहाइ सम्पत्ति (३ भागको १ भाग) निशाले पाउने फैसला सुनाएको छ । निशाले पति शरदबाट अंशबन्डा र मानाचामल पाउनुपर्ने माग गरी २०७९ भदौमा मुद्दा दायर गरेकी थिइन् ।

    अदालतको फैसलाअनुसार अंश नपाउन्जेलसम्म शरदले निशालाई मासिक ४१ हजार रुपैयाँ भरणपोषण खर्च उपलब्ध गराउनुपर्नेछ । निशाले भने मासिक १ लाख माग गरेकी थिइन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij