Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

आगामी बजेटका सिद्धान्त र प्राथमिकता संसदमा पेस

आगामी बजेटका सिद्धान्त र प्राथमिकता संसदमा पेस

  • काठमाडौं । आर्थिक वर्ष २०८१/८२ को ‘बजेटका सिद्धान्त र प्राथमिकता’ संसदमा पेस गरिएको छ ।

    images
    images
    images

    सोमबार बसेको प्रतिनिनधिसभा बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८१/८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस गरेका हुन् ।

    सरकारले बजेटमाथि पर्याप्त छलफल गर्नको लागि तीन महिनाअघि नै छलफल थाल्नेगरी आज संसद्मा पेस गरेको हो ।

    साथै सोमबार नै राष्ट्रिय सभामा पनि अर्थमन्त्री महतले आर्थिक वर्ष २०८१/८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ ।

    प्रतिनिधिसभामा अर्थमन्त्री महतले उक्त प्रस्तावबारे जानकारी गराइरहेकाले राष्ट्रिय सभा बैठक सोमबार नै बस्नेगरी २१ मिनेटका लागि स्थगित गरिएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij