
Apr 09 2025 | २०८१, चैत २७ गते
काठमाडौं । एमाले नेतृ एवं पूर्व सांसद शान्ता चौधरीसँग नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ४ हजार रुपैयाँ बराबरको टिमुर र लसुनको अचार खरिद गरेका छन् ।
ओलीले आइतबार सामाजिक सञ्जाल फेसबुक मार्फत शान्ता चौधरीसँग अचार खरिद गरेको फोटो सहितको जानकारी सार्वजनिक गरेका छन् । उनले लेखेका छन्–‘शान्ता चौधरीले शान्ताको अचार उद्योग खोल्नु भएको रहेछ । उद्योगबाट २२ किसिमका अचार उत्पादन भइरहेका रहेछन् । मलाई मन पर्ने टिमुर र लसुनको अचार मैले किनेँ । शान्ता चौधरी पूर्व सांसद पनि हुनुहुन्छ र राजनीतिमा सक्रिय हुनुहुन्छ । आत्मनिर्भर बन्ने प्रयासको लागि उहाँलाई शुभकामना । शान्ताजीलाई बधाई ।’
राजनीतिमा लाग्ने व्यक्ति आफ्नो व्यवसायमा आत्मनिर्भर हुनुपर्छ, उद्यम व्यवसायतर्फ जोडिनुपर्छ भन्ने पार्टी अध्यक्षको प्रेरणाबाट नै आफूले अचार उद्योग सुरु गरेको उल्लेख गरिन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij