
Apr 06 2025 | २०८१, चैत २४ गते
काठमाडौं । विशेष अदालत काठमाडौंले गरेका मुद्दाको फैसलामा चित्त नबुझेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ ।
प्रतिवादी अरुण कुमार गुरुङविरुद्धको विद्युत महसुल हिनामिना मुद्दामा विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्चमा पुनरावेदन दिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
गुरुङले ग्राहकहरुले बुझाएको विद्युत महसुल हिनामिना गरेकोले ग्राहकको नाममा उक्त हिनामिनाबाट बक्यौता देखिन गएको नियमानुसारको रिबेट तथा थप दस्तुरसहितको महसुल रकम ८ लाख ७३ हजार ५४२ रुपैयाँ बिगोको दोब्बर जरिवाना माग गरेर आयोगले मुद्दा दायर गरेको थियो ।
तर, विशेष अदालतले गुरुङलाई आरोपदावी भन्दा फरक बिगो कायम गरी फैसला गरेको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij