
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडौं । मधेश प्रदेश सभाको बैठक जनमत पार्टीले अवरुद्ध गरेको छ । मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेश सभाबाट विश्वासको मत लिने कार्यसूची रहेको थियो ।
बैठक प्रारम्भ भएपछि जनमत पार्टीका प्रदेश सभाका सदस्यहरुले उठेर विरोध जनाएका थिए ।
प्रदेश सभा सदस्य चन्दन सिंहले मधेस प्रदेश को मन्त्री र प्रदेश सभाका सदस्यहरुमाथि कृषि विश्वविद्यालयको शिलान्यास कार्यक्रममा प्रहरीले लाठि चार्ज गरेको र त्यहा स्वंय मुख्यमन्त्री समेत उपस्थिति रहेको कारणले उनले माफि नमागे सम्म प्रदेश सभाको बैठक चल्न नदिने बताएपछि बैठक १० मिनटेको लागि स्थगित गरिएको छ ।
सभामुख रामचन्द्र मण्डलले मुख्यमन्त्री विशवासको मतको क्रममा आफनो धारणा राख्ने नै भएपछि तत्काल बैठक सुचारु गर्न आग्रह गरेका थिए । तर जनमतका प्रदेश सभा सदस्यहरुले उठेर विरोध जनाएपछि बैठक स्थिगित गरिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij