
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । छाँया सेन्टरमा रहेको प्लेब्वाई क्लबको पार्किङमा भएको कुटपिट घटनामा संलग्न गुण्डा नाइके सानुभाइ भनेर चिनिने युवराज गुरुङको समूहविरुद्ध मुद्धा दायर भएको छ । काठमाडौं जिल्ला अदालतमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले घटनामा संलग्न ७ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो ।
मुद्दामा सानुभाइ भनिने युवराज गुरूङ, विश्व तामाङ भनिने बिसु तामाङ, मार्शल भनिने शैलेन्द्र तामाङ, कमल तामाङ, शेरबहादुर भनिने शेरलाल पौडेल, बिनोद तामाङ र रघु तामाङलाई प्रतिवादी बनाइएको छ ।
तीमध्ये विश्व र मार्शलमात्रै पक्राउ परेका छन् भने सानुभाइसहित पाँच जना फरार छन् । माघ ६ गते बिहान ठमेलको छाया सेन्टरको पार्किङ क्षेत्रमा सानुभाइको समूहले एक व्यक्तिमाथि आक्रमण गरेको थियो ।
आफूमाथि आक्रमण गरेको भन्दै छमबहादुर पुनले प्रहरी वृत्त दरबारमार्गमा जाहेरी दिएका थिए ।
सातै जना प्रतिवादीविरुद्ध ज्यान मार्ने उद्योगको कसुरमा मुद्दा दायर गरिएको छ । ज्यान मार्ने उद्योगको कसुर गरेमा १० वर्षसम्म कैद र १ लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij